देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेस्सीले तोडे ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान

0

एजेन्सी – लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । उनको कीर्तिमानी ६ सय ४४ औं गोलको मद्दतमा बार्सिलोनाले मंगलबार स्पेनी ला लिगामा रियल भालाडोलिडलाई ३–० ले हरायो । यो कीर्तिमानसँगै मेसीले पेलेलाई उछिनेको हो ।

यसअघि एउटै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान ब्राजिली खेलाडीको नाममा थियो । उनले यो कीर्तिमान सान्तोसका लागि हात पारेका थिए । मेसीले शनिबार मात्रै भ्यालेन्सियाविरुद्ध गोल गर्दै पेलेको बराबरी गरेका थिए । भालाडोलिडविरुद्ध भने उनले ६५औं मिनेटमा टिमको तेस्रो गोल गरे ।

सान्तोसका लागि पेलेले ६ सय ६५ खेलमा ६ सय ४३ गोल गरेका थिए । मेसीले यही कीर्तिमान तोड्न ७ सय ४९ खेल खेले । तर मेसीले बार्सिलोनाका लागि १७ सिजन मात्र खेलेका छन् भने पेलेले १९ सिजन खेले । अहिले ८० वर्ष पुगेका पेलेले सन् १९५६ मा १५ वर्षको उमेरमा सान्तोसमा डेब्यु गरेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ ।

मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । पेड्रीको ब्याकहिल पासमा मेस्सीले क्लबका लागि तेस्रो गोल गरेका थिए ।

मंगलबार राति मेस्सीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदा बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार