देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मैले ड्राफ्ट गरेको वक्तव्य ज्ञानेन्द्रले पढेका हुन्’ – केपी ओली

0

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको बताएका छन् ।

शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

साथै उनले २०६३ साल वैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले पढेको वक्तव्यको ड्राफ्ट आफूले गरेको दावी गर्दै उनले भने,‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले गरेको ड्राफ्ट पढेर सुनाएका थिए । त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो । पार्टी अफिसको चौरीमा एउटा रुद्राक्षको छेवैमा बसेर मैले गरेको थिएँ ।’

‘त्यसमा मैले दुईवटा कुरा गरेको थिएँ, भंग गरेको पुर्नस्थापना गर्दिएको छु,दलीय व्यवस्था फर्काइदिएको छु,जनताको नासो जनतामा फर्काएको छु भनेर’, ओलीले ड्राफ्ट रहेको विषयवस्तुबारे भने, ‘अथवा विघटित संसदको पुर्नस्थापना भएको थियो, त्यति न हो १’ उनले संसद पुर्नस्थापनाका लागि १७ हजार मार्नुपर्छ भन्दै माओवादीलाई प्रश्न समेत गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार