देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ’ – प्रचण्ड

0

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार खोजी गरेका छन्।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा उनले सत्तारुढ नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी समेत दिएका छन् ।

कांग्रेसले गरेको निर्णयले पुरै आश्वस्त हुन नसकेका प्रचण्डले बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको भन्ने वाक्यप्रति कटाक्ष गरेको एक नेताले जानकारी दिए ।

‘चुनावी गठबन्धनको कुरालाई तपाईंहरुले एकदम हल्का रुपमा लिइरहनुभएको छ, यो कुराले म एकदमै प्रेसरमा छु । मेरा साथीहरु राति १२ बजेसम्म पनि नेकपा एमालेका नेताहरुसँग मिटिङ गरिरहनुभएको छ,’ प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने ‘स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ । तपाईंहरु नै अप्ठ्यारोमा पर्नुहुन्छ ।’

प्रचण्डले एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच सम्वाद भइरहेको र कांग्रेस गम्भीर नभए एमालेतिर जानसक्ने चेतावनी दिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिउत्तर नदिएकोे ती नेताले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार