देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडे – कमल थापा

0

काठमाडौं –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्था छाडेको नभई राजाले आफूलाई छाडेको बताएका छन्।

सामाजिक सञ्जालमा बिहिबार एक भिडियो सन्देश सार्वजनिकगर्दे थापाले आफ्नाे धारणा अघि सार्दै थापाले आफ्नो राजनीतिक जीवन सक्ने प्रपञ्च रचेपछि राजसंस्था छाडेको बताएका हुन्।

‘मैले २०६२/०६३ सालको परिवर्तनपछि ज्यान हत्केलामा राखेर राजतन्त्र बोके’ थापाले भनेका छन्,‘तर, त्यसको पुरस्कारस्वरुप निर्मल निवासले मेरो राजनीतिक जीवन सक्न खोज्यो।’

थापाले राजाले राजनीति समाप्त पार्न खोजेपछि अरू विकल्प नभएकाले राजसंस्था छाडेको बताएका छन्। हस्तक्षेपपछि आफूले लोकतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकेको धारणा राखेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार