देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मैले शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ – प्रकाशमान

0

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग सरकारमा जानेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सम्झौता नभएको उनको सचिवालयले जानकारी गराएको छ ।

सिंहका स्वकीय सचिव युपी लामिछानेले सरकारमा सहभागी हुनेबारेमा प्रकाशित भएका समाचारमा कुनै सत्यता नभएको बताउँदै त्यस्तो कुनै सम्झौता नभएको बताए ।

यसैबीच सिँहले एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा देउवाले नै बढी मत ल्याएको हुँदा आफूले समर्थन गरेको बताउँदै कुनै पद लिने विषयमा सम्झाैता नभएकाे स्पष्ट पारेका छन् ।

यस्तो छ विज्ञप्ति –
आदरणीय पत्रकार साथीहरू
जय नेपाल 

नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको  निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ l
निस्चित कुनै पद लिनेे भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ l 

प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ l कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु l 

जय नेपाल 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार