देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोटरसाइकल आपसमा ठोक्किँदा सिरहामा दुईको मृत्यु

0

सिरहा – दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा सिरहामा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका-१० का ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका-९ गुलरीयाका ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स ४ प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।

दुर्घटनामा परी घाईते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका सिरहा नगरपालिका-९ गुलरीयाका ३५ बर्षीय जितेन्द्र महराको भुमिजा अस्पताल लहानमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार