देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोटरसाइकल चोरी अभियोगमा भक्तपुरबाट ४ जना पक्राउ

0

भक्तपुर – चोरीको मोटरसाइकल सहित ४ जनालाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-४ राममन्दिर र चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका २३ वर्षीय सोनाम वाईबा, सोही ठाउँ बस्ने १९ वर्षीय फुर्बा घिसिङ, १८ वर्षीय किशोर र भक्तपुर पुरानोठिमी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ घर भएका २१ वर्षीय जिवन तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-९ ताथलीमा जाँच गर्दा चोरी भएको बा.८३ प ७७७३ नम्बरको मोटरसाइकल सहित सोनाम र फुर्बालाई बिहीबार राति तथा प्र.३-०२-००८ प ७५८५ र प्र.३-०२-०१४ प ०५९४ नम्बरका मोटरसाइकल सहित सूर्यविनायक नगरपालिका-८ सूर्यविनायकबाट अन्य २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट चोरी कसूरमा ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान तथा कारवाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार