देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोटरसाइकल चोरी अभियोगमा ६ जना पक्राउ

0

नेपालगञ्ज – बाँकेको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जनालाई गत आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-३ धौलागिरीका ३५ वर्षीय राम बहादुर थापा, नेपालगञ्ज उपमहानगरपालिका-४ बसपार्क बस्ने जुल्लाको चन्दनाथ नगरपालिका-११ कालिखोलीका ३१ वर्षीय धिरेन्द्र विक्रम शाही, दाङको गढवा गाउँपालिका-४ खड्कपुरका समिर भन्ने २८ वर्षीय ईरसाद अहमद मुसलमान रहेका छन् ।

यस्तै, रोल्पाको लुग्री गाउँपालिका-१ पाङका २८ वर्षीय छविलाल पुन मगर, लुग्री गाउँपालिका-५ गुम्चालका २४ वर्षीय नवराज रोका क्षेत्री र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० सुगन्धटोलका २८ वर्षीय रंजित शर्मा रहेका छन् ।

यही माघ ५ गते नेपालगञ्ज-१८ स्थित क्लाउड-९ रेष्ट्रो एण्ड डान्स बारको पार्किङबाट सोही उपमहानगरपालिका-२० बस्ने प्रतिक गुरुङको भे.१० प ३५०६ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुको पहिचान गरी पक्राउ गरेको हो ।

उनीहरुले हालसम्म जिल्लाका विभिन्न स्थानबाट ११ वटा मोटरसाइकल चोरी गरेकोमा हाल लु.३९ प २८६६, २.रा ४ प ४५५०, रा.५ प ६२३३, लु.४५ प ८९२८, रा.५ प ३२३ र बा.३६ प ५९४ नम्बरको समेत गरी ६ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार