देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोटरसाइकल चोरी अभियोगमा भक्तपुरबाट २ जना पक्राउ

0

भक्तपुर – मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३-०२-०१७ प ७६७७ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक बस्ने दोलखा घर भएका १९ वर्षीय संगित तामाङ र भक्तपुर गठ्ठाघर बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका १९ वर्षीय सलिन तामाङ रहेका छन् ।

शनिबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले संगितलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा संगित र सलिनले उक्त मोटरसाइकल चोरी गरेको खुलेपश्चात उनीहरुलाई चोरी भएको उक्त मोटरसाइकल सहित पक्राउ गरेको हो ।

उनीहरु उपर चोरीको कसूर अनुसार थप अनुसन्धान तथा कारवाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार