देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोटरसाइकल चोरी गरेको अभियोगमा एक पक्राउ

0

काठमाडौं – मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी अभियोगमा बानेश्वर देवीनगर बस्ने महोत्तरी घर भएका २८ वर्षीय नितेश सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२९ मैतीदेवी बस्ने अर्जुन कुमार साहको बा ८७ प ५५३२ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका–११ थापाथली प्रसूति गृह अगाडि पार्किङ गरी राखेको अवस्थामा हराएको थियो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा सोही ठाउँबाट उक्त मोटरसाइकल सहित सिंहलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार