देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोदी लुम्बिनी आउने भएसँगै भारतीय सुरक्षाकर्मीको जम्बो टोली भैरहवामा

0

काठमाडौं – आगामी जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा आउने भएका छन् ।

मोदी नेपालकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनी प्रदेशमा रहेको भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीमा आउने भएका हुन् ।

मोदीको भ्रमण अवधिलाई सुरक्षा व्यवस्था मिलाउनका लागि जम्बो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान बुधबार भैरहवामा अवतरण गरेको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ भैरहवामा अवतरण गरेको हो ।

लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको भेट हुने र त्यहीँबाटै संयुक्त पत्रकार सम्मेलनसमेत हुनसक्ने बताइएको छ ।

यसपटक तीन दिन विशेष कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाइँदै छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार