देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोरङमा छोराले गरे आफ्नै बाबुको हत्या

0

काठमाडौं – मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलमा छोराले बुवाको हत्या गरेका छन्। ३१ वर्षीय वासुदेव कार्कीले बिहीवार दिउँसो ६२ वर्षीय बुवा जयबहादुर कार्कीको हत्या गरेका हुन्।

अंशका विषयमा विवाद हुँदा वासुदेवले बुबा, आमा र भाइ तीर्थराजसँग विवाद भएको थियो। जयबहादुरले छोरीलाई जग्गा बेचेका विषयमा विवाद भएको पाइएको प्रहरीले जनाएको छ।

त्यही विषयमा वासुदेव र भाइ तीर्थराजबीच झगडा भएको थियो। झगडा मिलाउन गएका जयबहादुरलाई दिउँसो साढे १२  तिर वासुदेवले आँगनको ढुंगामा पछारेका थिए।

यसपछि गम्भीर घाइते जयबहादुरलाई उपचारका लागि विराटनगर अस्पतालमा लगिएको थियो। अस्पतालमा ल्याउने चिकित्सकले मृत घोषणा गरेका थिए।

बुवाको हत्यामा संलग्न वासुदेवलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार