देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोरङ ट्रेड युनियन कांग्रेसको निशुल्क रोजगारमुलक तालिम शुरू

0

विराटनगर – नेपाल ट्रेड युनियन कांग्रेस मोरङले तिन महिने निशुल्क रोजगारमुलक तालिम शुरू गरेका छन् । जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान (जिलाफ) को सहयोगमा युनियनले जिल्लास्थित अनौपचारिक क्षेत्रमा काम गर्ने कमजोर आर्थिक अवस्था भएका श्रमिकका सन्तानलाई तालिम संचालन गर्न लागेको हो ।

तालिम अन्तर्गत व्युटिपार्लर २० र सिलाई कटाईमा २० जना सहभागी गराएको जिल्ला अध्यक्ष शुशिल कोईरालाले जानकारी दिए ।

तालिम कार्यक्रमको विराटनगरमा उदघाटन गर्दै प्रदेश-१ का अध्यक्ष नारायणबाबु कार्कीले ट्रेड युनियन कांग्रेसले विभिन्न जिल्लाहरुमा विगत लामो समयदेखि श्रमिकका बालबालिकालाई निशुल्क शिक्षा र वयस्कहरुलाई विभिन्न रोजगारमुलक तालिमहरु निशुल्क संचालन गर्दै आईरहेको जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार