देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोर्डना खोपलाई पनि अनुमति दिन विज्ञहरुको सुझाव

0

एजेन्सी – अमेरिकामा कोरोना भाइरसको दोस्रो खोप आकस्मिक अनुमति पाउने चरणमा पुगेको छ । विज्ञहरूको एउटा समूहले अनुमोदन गरेपछि मोडेर्ना खोप अनुमतिको नजिक पुगेको हो ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित  अमेरिकामा मोर्डेना खोपलाई पनि आकस्मिक प्रयोगको अनुमति दिन विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुको समुहले खोपको पक्षमा मतदान गरेको हो । अमेरिकाको खाद्य तथा औषधि सम्बन्धी प्रशासनिक निकाय (एफडीए) का प्रमुखले उक्त खोपलाई अनुमति दिन आफ्नो संस्था तीव्र रूपमा काम गर्ने बताए ।

अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन थालेको केही दिनपछि पछिल्लो जानकारी आएको छ । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको संख्या विश्वका अन्य देशहरू भन्दा धेरै छ । त्यहाँ यो साताको सुरुमा मृतकको संख्या तीन लाख नाघेको हो ।

मोर्डेना खोप ९४ प्रतिशत प्रभावकारी रहेको र यसले १८ वर्ष माथिका व्यक्तिलाई हानी गर्ने खतरा न्यून रहेको भन्दै उपस्थित सबै २० विज्ञले त्यसको पक्षमा मतदान गरेका हुन् । १ जना भने अनुपस्थित थिए ।

योसंगै मोर्डेना खोप आगामी साताबाट प्रयोगमा आउनसक्ने अनुमान गरिएको छ । सोही विज्ञहरुको समुहले फाइजर खोप प्रयोगको अनुमति दिन पनि गत साता एफडिएलाई सुझाव दिएको थियो । अमेरिकामा फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप हाल प्रयोगमा छ । अमेरिकामा हाल दैनिक मृत्युदर विश्वमै उच्च छ ।

मोर्डेनाले अनुमति पाएसँगै २० करोड डोज किन्ने अमेरकाले सहमति गरिसकेको छ । यो खोप माइनस २० डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्नेछ । हाल प्रयोगमा आएको फाइजर खोपलाई माइनस ७५ डिग्रि सेल्सियस तापक्रम अवश्यक पर्छ । फाइजर खोप झै मोर्डेना खोप पनि एक व्यक्तिलाई २ डोज प्रदान गर्नुपर्छ । पहिलो खोप लगाएको २८ दिनपछि दोश्रो खोप लगाउनुपर्ने चिकित्सकले बताएका छन् ।

कुन-कुनदेशले मोडेर्ना खोप मगाएका छन् ?

क्यानडा सरकारले खोपको कुल ५ करोड ६० लाख डोज मध्ये मार्च महिनासम्ममा दुई करोड खोप पाउने योजना बनाएको छ । बेलायतले यस अघि नै ७० लाख डोज मोडेर्ना खोप माग गरिसकेको छ । यूरोपेली सङ्घले गत महिना ८ करोड डोज खोप किन्ने करार सम्झौता घोषणा गरिसकेको छ भने खोप सुरक्षित र प्रभावकारी देखिएमा थप ८ करोड डोज किन्ने पनि बताएको छ ।

जापानले ५ करोड मोडेर्ना खोप मगाएको छ । त्यसैगरी दक्षिण कोरियाले २ करोड मात्रा र स्वीट्जरल्यान्डले ७५ लाख खोप मागेको ड्यूक विश्वविद्यालय ग्लोबल हेल्थ इनोभेशन सेन्टरको तथ्याङ्क छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार