देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोहनप्रसाद पाण्डेलाई सोमबार सांसदको शपथ खुवाइँदै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं  – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको रिक्त एक पदमा मोहनप्रसाद पाण्डेलाई पठाएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ का पाण्डेलाई कांग्रेसको सिफारिमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज पाण्डेलाई पद तथा गोपनियताको सपथ खुवाउने छन् । यसअघि कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि उक्त पद रिक्त थियो ।

गत कात्तिक १७ मा केसीको निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको हो ।

समानुपातिक खस आर्यको क्लस्टरबाट सांसद बनेका केसीको निधन भएपछि सोही कोटाबाट पाण्डे आउने भएका हुन् । समानुपातिकको बन्द सूचीमा केसी पछाडि पाण्डेको नाम थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार