देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मौसमी प्रणाली अझै केही दिन सक्रिय रहने

0

(काठमाडौं) – मौसम पूर्वानुमान महाशाखाले केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय रहने जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

नेपालमा यी प्रणाली सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षा भइरहेको हो । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझ मेघगर्जन सहित श्रणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदली सहित वर्षा भएको हो ।

बैशाख २४ गते (बुधबार)
दिउँसो : देशभर बिहानीपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा साथै पूर्वी र मध्य तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिक बदली रहनेछ । पश्चिमी तथा पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २५ गते (बिहीबार)
दिउँसो : देशभर बिहानिपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा साथै तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भू–भागमा सामान्य बदली भई बााकि भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार