देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मौसम सफा नभइ उडान अनुमति नदिने प्राधिकरणको निर्णय

0

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभएकोबेला आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिए ।

पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको र यसले यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार