देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकियो

0

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेको हो ।

लिभरपुलका मोहम्मद सलाहले पेनाल्टी मार्फत गोल गर्दा सिटीको ब्राजिली फरवार्ड गाब्रियल जेससले बराबरी गोल फर्काएका थिए ।

खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

तर, लिभरपुलले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन । खेलको ३१ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।

४४ औं मिनेटमा सलाहका पासमा एलेक्सान्डर अर्नोल्डको शक्तिशाली प्रहार सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाए । ५५ औं मिनेटमा जेससले सुवर्ण अवसर गुमाउदा सिटी अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा टुगिंयो ।

लिभरपुल ८ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सिटी १२ अंकसहित १० औं स्थानमा रहेको छ ।

यस्तै, आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३-० गोल अन्तरले पराजित भएको छ । ओली वाट्किन्स चम्किएपछि आर्सनल घरेलु मैदानमै एस्टनसँग स्तब्ध भएको हो ।

यस्तै, लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार