देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

म्यान युनाइटेडसँग एभरटन ३-१ ले पराजित

0

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभरटनलाई ३–१ गोलले हराएको छ । आज भएको खेलमा म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर उत्कृष्ट जित निकालेको हो ।

एभरटनले खेलको १९ औं मिनेटमा बर्नाडको गोलबाट अग्रता लिए पनि त्यसलाई लामो समय कायम राख्न सकेन । म्यानचेस्टरका लागि ब्रुनो फर्नानडेजले पहिलो हाफमा २ गोल गरे ।

खेलको २५ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ३२ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा एडिनस काभानीले गोल गर्दै युनाईटेडलाई ३-१ को अग्रता दिलाए ।

खेलको दोस्रो हाफको इन्ज्युरी समयमा एडिसन कभानीले गरेको तेस्रो गोल निर्णायक बन्यो । यो उनको क्लबका लागि डेब्यु गोल रह्यो । जितपछि म्यानचेस्टरको ६ खेलबाट ११ अंक भएको छ भने एभरटन १३ अंकमा पाँचौं स्थानमा रहेको छ ।

आजै हुने अर्को खेलमा इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको सेफिल्ड युनाईटेडसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुनेछ । यस्तै, क्रिस्टल प्यालेस र लिड्स तथा वेस्ट ह्याम र फुल्ह्याम पनि आजै आमने सामने हुनेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार