देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘म जुन बनिदिन्छु भन्दै आईन प्रविशा

0

काठमाडौं – भारतको मुम्बईमा बसेर नेपाली सांगीतिक क्षेत्रमा योगदान दिने क्रमलाई निरन्तरता दिई रहेका वरिष्ठ संगीतकार रञ्जित गमजेरद्वारा संगीतबद्ध सुगम संगीतमा आधारित ‘म जुन बनिदिन्छुु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल स्वर रहेको छ। गीतमा गोपाल लोहारको शब्दमा रहेको छ ।

इन्ज़मम अली खान र जानकी थापालाई म्युजिक भिडियोमा रोमाण्टिक मुडमा देख्न सकिन्छ । रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् ।

विकाश दहालको भिडियोमा सम्पादन रहेको छ । भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार