देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘म प्रधानमन्त्री भएको भोलिपल्ट सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए’ – देउवा

0

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले सही निर्णय गरे आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै देउवाले भविष्यमा केपी ओलीको जस्तो तानाशाही सरकार बन्न नदिने बताएका हुन् ।

‘जुन हाम्रो सरकार बन्यो, त्यो भन्दा अगाडिको दिन सम्झनुस्, कस्तो थियो ? म प्रधानमन्त्री भएको भोलिपल्ट सारा जनताले मुक्ति पाएजस्तो भयो । सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए । हामीले पाएको मुक्ति बचाउने हो कि नबचाउने हो ? यो महाधिवेशनले तय गर्छ,’ देउवाले भने ।

साँझ अबेरसम्म चलेको उद्घाटन समारोहमा संक्षिप्त मन्तव्य राख्दै देउवाले भविष्यमा तानाशाही सरकार बन्न दिने कि नदिने भन्ने विषयमा महाधिवेशनले निर्णय गर्नुपर्ने बताए ।

‘फेरि तानाशाही सरकार नआओस्, भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्छ । निर्णय गरेको खण्डमा गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने ।

सभापति देउवाले कांग्रेसको महाधिवेशनमा हुने प्रतिस्पर्धाको मनोमालिन्यबाट माथि उठ्न कार्यकर्तालाई आग्रह गरे ।

देउवाले भने ‘देशभरीबाट साथीहरू कतै सर्वसम्मत र कतै प्रतिस्पर्धाबाट आउनुभएको छ । मनोमालिन्यबाट माथि उठ्नु पर्नेछ । आन्तरिक निर्वाचनले स्थानीय निर्वाचनमा र राष्ट्रिय निर्वाचनमा समस्या नआओस्,’ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार