देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

म बच्चाको घाँटी रेटेर सांसद भएको होइन – ज्ञानेन्द्र शाही

0

काठमाडौं – राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफू मान्छे मारेर सांसद नभएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै शाहीले आफूले बच्चाको घाँटी रेटेर सांसद नभएको बताएका हुन् ।

उनीभन्दा अगाडि माओवादी केन्द्रका सांसद माधव सापकोटाले व्यवस्थाकाे विरोध गर्ने अनि मन्त्री पनि बनिहाल्ने भन्दै राप्रपालाई व्यंग्य गरेका थिए। जसको जवाफमा शाहीले यो व्यवस्थामा सबैको अधिकार रहेकाे जवाफ दिँदै आफूलाई जनताले निर्वाचित गरेकाले कसैले राजीनामा दे भन्दैमा नदिने बताए।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा २७४ ले यो व्यवस्था चाहिने वा नचाहिने भन्ने कुरा पनि संशोधन गर्न पाइन्छ भन्ने कुरा स्पष्ट उल्लेख गरिएको दाबी गरेका हुन्।

प्रमुख सचेतक शाहीले आफूले फरक विचार राख्दैमा केही सांसदहरुले राजीनामा मागेको भन्दै आक्रोश व्यक्त गरे। उनले जुम्लाका जनताले आफूलाई निर्वाचित गराएर पठाएको हुनाले कुनै अमुक व्यक्तिले राजीनामा माग्दैमा दिन नसकिने उनको भनाइ थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार