देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सुरक्षामा गम्भीर हुन आग्रह

0

(काठमाडाैं) – वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मानव अधिकारको रक्षा र सुरक्षामा गम्भीर हुन सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मानव अधिकारको रक्षा र सुरक्षामा गम्भीर हुन सरकारलाई आग्रह गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मावन अधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारलाई आयोगले आग्रह गरेको छ ।

कुवेतस्थित एक कम्पनीका कार्यरत ६ जना नेपाली कामदारको माघ २९ गते बालुवा–ढुंगाले पुरिएर मृत्यु भएको घटना सार्वजनिक भएपछि आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सो घटनामा दुई जना घाइते भएका छन् । आयोगले प्रधानमन्त्री, परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्रचार गरी नेपाली कामदारप्रति सुरक्षाको बिषयमा दीर्घकालिन नीति लिन अनुरोध गरेको हो ।

आयोगले नेपाली दूतावासलाई सम्पर्क गरी घटनाको वास्तविकता पठाउन आग्रह गरेको छ । घटनामा परेर पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ, दाङका श्यामनारायण चौधरीको मृत्यु भएको थियो । थप दुई जना मृतकको पहिचान भएको छैन ।

सो घटनाको यथार्थ जानकारी गराउन तथा सो घटनामा घाइते भएकाको प्रभावकारी र निशुल्क उपचार गर्न, आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन तथा उनीहरुको सांस्कृतिक अधिकार समेत संरक्षित हुने गरी आवश्यक व्यवस्था मिलाउन आयोगले सरकारलाई भनेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार