देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘यमवुद्धको शालिक मेरो तलबबाट बनाउँछु’ – मेयर बालेन शाह

0

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत र्‍याप गायक यमवुद्धको शालिक आफ्नो तलब बाट बनाउने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिकाको बजेटबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि विवादमा परेका मेयर बालेनले शनिबार यस्तो घोषणा गरेका हुन् ।

महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो ।

चौतर्फी विरोधपछी शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।

बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार रूपैयाँ तोकिएको छ । यसबाहेक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार रुपैयाँ पाउने व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार