देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यस्तो छ सोमबारको संसद् बैठकको सम्भावित कार्यसूची

0

काठमाडौँ  – संसद् सचिवालयले प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार भोलिको बैठकमा जम्मा २ वटा सम्भावित कार्यसूची पेश हुनेछन् ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र सभामुख सापकोटाले नै प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनय गर्ने सम्भावित कार्य सूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वाशको मत लिने कार्यक्रम भने सम्भावित कार्यसुचिमा समावेश भएको छैन ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार