देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थियो’ – रावल

0

काठमाडौं – नेकपा (एमाले) को १०औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्वउपाध्यक्ष भीम रावलले आफू पराजित हुने कुरा पहिल्यै थाहा भएकोले नतिजा स्वभाविक लागेको बताएका छन् ।

अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि रावलले यस्तो हुन्छ भन्ने थाहा पाएरै आफू अघि बढेको बताएका हुन ।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो । सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा  ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन् ।

यसैगरी मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् ।

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र  महासेठले १५१३ मत ल्याए ।

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार