देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यस वर्षको पद्मश्री पुरस्कार रद्द

0

काठमाडौँ – यस वर्षको पद्म श्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । सोमबार खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति निकाल्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको बताएको हो ।

पद्मश्री पुरस्कारका लागि सञ्जीव उप्रेतीको ‘हंस’ छनौट भएको थियो भने पद्मश्री साधना सम्मानका लागि मोदनाथ प्रश्रित छनौट भएका थिए। पुरस्कार र सम्मान प्रतिष्ठानले एकै समयमा विवतरण गर्दै आएको थियो।

उप्रेतीले प्रश्रितसँगै बसेर पुरस्कार ग्रहण नगर्ने घोषणा गरेपछि प्रश्रितले पनि सो पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए । सोही कारण
यस वर्षको पद्मश्री पुरस्कार कार्यक्रम नै रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि लेखक सञ्जीव उप्रेतीले यौन उत्पीडनको आरोप लागेका मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार नलिने बताएका थिए । नैतिकताका आधारमा आफूले प्रश्रितसँग मञ्च साझा गरी पुरस्कार नलिने घोषणा गरेका थिए ।

त्यस्तै प्रश्रितले पनि प्रतिष्ठानले आफूलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा आभार व्यक्त गर्दै केही व्यक्ति तथा समूहले आफ्नो चरित्र हत्या गरेकाले पुरस्कार नलिने बताएका थिए ।

२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको छ भने पद्मश्री साहित्य पुरस्कार २०६७ सालदेखि नियमित अर्पण गरिँदै आएको छ। असोज ११  गते पुरस्कार तथा सम्मानबाट सम्मानित हुनेहरुको घोषणा  भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार