देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यातायातका तत्कालीन प्रमुखसहित डीएसपी र इन्सपेक्टरलाई जेल सजाय

0

काठमाडौं – यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरसमेत जेल चलान हुने भएका छन् । विशेष अदालतले लाइसेन्स घोटाला प्रकरणमा मंगलबार उनिहरुलाई जेल सजाय सुनाएको हो ।

सवारी चालक अनुमतिपत्रका लागि परीक्षामा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराएको अभियोग पुष्टि भएपछि तत्कालीन प्रमुखसहित सातजनालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले मुद्दा चलाइएका मध्ये सात जनालाई दोषी ठहर गर्दै जेल चलानको फैसला सुनाएको हो ।

दोषी ठहर हुनेहरूमा एकान्तकुनाका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज थापा, इन्सपेक्टर मुरारी मिश्र, अवकाश प्राप्त शाखा अधिकृत राममणि पोखरेल, अवकाश प्राप्त इन्जिनियर वासुदेव पोखरेल, शाखा अधिकृतहरू शम्भूप्रसाद थपलिया र ईश्वरराज रेग्मी रहेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार