देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यात्रुको रकम फिर्ता गर्न एयर अरेवियालाई सरकारको निर्देशन

0

काठमाडौं – सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार नियमित उडानको भाडा दर र चार्टर उडान सम्बन्धमा बसेको बैठकमा मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १ सय ६१ यात्रु लिएर यूएईको सारजाहबाट काठमाडौं आएका १ सय ४२ जना यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

एयर अरेवियाले १ सय ४२ जना पीसीआर परीक्षण गरेको, १८ जना आरडीटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टाईनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मन्त्री भट्टराईले मातहतका निकायलाई निर्देशन दिएको हो ।

मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि सो रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्न समेत निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा वायु सेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाईन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीहरुले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाईन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघसँग (एनआएन) आग्रह गरेका छन् ।

बैठकले हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडादर असूल उपर नगर्न/नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेको छ ।

यस्तै, नियमित उडानमा बजेट एयरले अन्य एयरलाईन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय बैठकले गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार