देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्र जाँदै राष्ट्रपति

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल युरोप भ्रमण छाडेर भूकम्प प्रभावित क्षेत्र जाने भएका छन् ।

आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उक्त भ्रमण नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने भएकोले राष्ट्रपति पौडेलले ती मुलुकको भ्रमण स्थगित गरेको उनको भनाइ छ ।

नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जाने कार्यक्रम थियो । यसै क्रममा उनको फ्रान्स, इटली र जर्मनीको भ्रमण तय भएको थियो ।

गत कात्तिक १६ गतेको मन्त्रिपरिषद बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार