देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

युवतीलाई सामूहिक बलात्कार अभियोगमा दुई पक्राउ

0

उदयपुर – युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उदयपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–३ का ३२ वर्षीय मोहम्द अल्ला उदिन र वडा नम्बर–१२ का २५ वर्षीय मोहम्द मोदेवुल पक्राउ परेका हुन् ।

स १ ह १५७६ नम्वरको अटोमा सवार बोल्न नसक्ने पीडित युवतीलाई उनीहरुले सामूहिक बलत्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले बताए ।

यसैबीच, महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ३० वर्षीय हरेराम चौधरी छन् । चौधरीले ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजूरीपछि पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार