देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

युवालाई लिबियामा बन्धक बनाएको अभियोगमा एक पक्राउ

0

काठमाडौं  – नेपाली युवालाई लिबियामा बन्धक बनाएको अभियोगमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नरपालिका–९ का उद्धव घतानी छन् ।

मिल्क पाउडर कम्पनीमा काम लगाईदिन्छू भनि १ लाख ६० हजार रूपैयाँ तथा १ हजार अमेरिकन डलर समेत लिई लिबियामा २०७५ भदौदेखी गतबर्षको जेठ ८ गतेसम्म बन्धक बनाई राखेको अभियोग घतानीमाथि छ ।

उनले ती युवकलार्य दुबई हुँदै लिबियाको त्रिपोली पुर्‍याएको प्रहरीले जनाएको छ । घतानी पक्राउ परेको ठेगाना र पीडितको नाम भने प्रहरीले गोप्य राखेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार