देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

युवाहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा : डब्लूएचओ

0

(काठमाडौं) – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ । वद्धवृद्धामा जोखिम उच्च रहेको पाइएपनि युवा पनि समेत जोखिम बढेको भन्दै समेत हुनुपर्नेमा डब्लूएचओले जोड दिएको छ ।

विभिन्न देशमा कोरोनाका कारण युवाको तुलनामा वृद्धवृद्धाको ज्यान गएको पाइएपछि सतर्कता नअपनाएको पाइएकाले डब्लूएचओले युवा पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेको हो । डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले भनेका छन्, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’

अध्ययनले कुनै पनि उमेर समूहका मानिसमा कोरोनाको संक्रमण हुनसक्ने तर बुढाबुढी र दीर्घरोगी बढी जोखिममा रहेका देखाएको छ । कोरोना भाइरस संक्रमित ११ हजारभन्दा धेरै मानिसको स्वासप्रश्वासका कारण ज्यान गएको पाइएको छ । अहिलेसम्म विश्वका १ सय ८५ देश गरी २ लाख ७५ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन् । १ लाख ७२ हजार ७ सय १६ जना उपचार गराइरहेका छन् । ११ हजार ३ सय ७० जनाको ज्यान गएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार