देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

युवा कवि नवराज पराजुलीको नयाँ गीत ‘लाटोकोसेरो’ (भिडियो सहित)

0

काठमाडौं – नेपाली गद्य कविताका सशक्त युवा कवि नवराज पराजुलीको नयाँ गीत ‘लाटोकोसेरो’ सार्वजनिक भएको छ । शुक्रबार पराजुलीले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेका हुन्।

नवराज पराजुलीको शब्द, स्वर र संगीत रहेको गीतमा भावना उप्रेती र नवराज पराजुलीको अभिनय रहेको छ।

यो गितको संगीत संयोजन उज्ज्वल सागरले गरेका छन्। त्यस्तै कर्ण गुरूङ, खड्क गज्प्रा र विशाल कार्कीले यो गीतको भिडियो प्रस्तुत गरेका हुन् भने ‘लाटोकोसेरो’ को भिडिओ निर्माण रैला प्रोडक्सनले गरेको हो।

‘लाटोकोसेरो’ को केहि अंश –

‘ऊ मिल्छे मेरो जिउमा ठीक्क चिटिक्क

उसलाई नदुखाइ लुगाझैं लगाउँछु म

म अघाएपछि मात्रै निदाउँछे ऊ

ऊ निदाएपछि मात्रै अघाउँछु म…’

हेर्नुस भिडियो –

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार