देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यूएई दुर्घटनामा ३ नेपालीको मृत्यु, १४ घाइते

0

मध्यबिन्दु/काठमाडौं – यूएईको अबुधाबीमा गुडिरहेको लरीमा बस ठोक्किँदा भएको दुर्घटनामा परी ३ नेपालीको मृत्यु भएको छ भने अन्य १४ नेपाली घाइते भएका छन् ।
मृत्यु हुनेमा प्यूठानकी भावना कुँवर, झापाकी कृष्णकुमारी अधिकारी र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा तथा चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा घाइते भएका जनाइएको छ ।

घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भएको र १९ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार