देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यूएन महासभामा प्रधानमन्त्री देउवा नजाने

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघ (यूएन)को ७७औं महासभामा सहभागी हुन अमेरिका नजाने भएका छन् ।

यूएनको ७७औं महासभा १३ देखि २७ सेप्टेम्बरसम्म हुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमणको तयारी पटकपटक गरिए पनि मिति तय हुन सकेको थिएन ।

यूएन महासभाको अवसरमा उनको अमेरिका भ्रमणको तयारी गरिएपनी अन्ततः उनी सहभागी नहुने भएका हुन् । नेपालमा निर्वाचनको मिति तय भइसकेकाले उनी अमेरिका भ्रमणमा नजाने भएको स्रोतको भनाई छ ।

अमेरिकाबाट द्विपक्षीय भ्रमणका विषयमा निश्चित मिति नआएपछि देउवा यूएन महासभाका सहभागी हुन अमेरिका भ्रमण नगर्ने पक्षमा पुगेका हुन् ।

न्युयोर्कमा हुने महासभामा परराष्ट्रमन्त्री नारायण खड्का जानेगरी परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको भए पनि आगामी मन्त्रिपरिषद् निर्णय गरेपछि मात्र निश्चित हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार