देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

योजना चाहिए वडाध्यक्ष बनेर आउनुस्, निलो कोट लगाएर होइन – मन्त्री झाँक्री

0

काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलेगाउँठाउँका योजनाहरु सरकारी कर्मचारीले नभई जनप्रतिनिधिले नै छान्नुपर्ने बताएकी छिन्।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले जनप्रतिनिधिले योजना छान्ने र सरकारी कर्मचारीले त्यसलाई पालना गर्नुपर्ने कर्तव्य हुने बताएकी हुन् ।

झाँक्रीले भनिन् ‘मन्त्रालयका कर्मचारीलाई पनि भनेको छु, निलो कोट लगाएर योजना छान्ने होइन, वडाध्यक्ष जितेर आउनुस्, त्यसपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी सम्बन्धी ऐन अनुसार योजना छनोट गर्ने अधिकार हुने छ ।’

जनताको प्राथमिकताका योजना वडाध्यक्ष, पालिका अध्यक्ष र सांसदले नै हेर्ने भएकाले सरकारी कर्मचारीले त्यसलाई लागू गर्नुपर्ने भन्दै उनले भनिन् ‘संविधान र कानुनको मर्म अनुसार भयो/भएन भनेर हेर्ने काम तपाईहरुले गर्ने हो ।’

‘त्यत्तिकै फलानो कार्यालयको फलानो मान्छेको योजना भनेर सिफारिस गरेका छैनौं, बजेट आएपछि हेरौंला कति सफल भयौं, कति असफल भयौं,’ उनले भनिन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार