देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यो देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई मातृहत्याको दोष लाग्छ – दिलेन्द्र बडु

0

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडुले कांग्रेस नेतृत्व संगठन भन्दापनी सत्ता केन्द्रित भएकोले कांग्रेस पार्टी मात्रै नभई समग्र मुलुकनै खतरामा परेको बताएका छन् ।
विपि कोइराला युवा नेतृत्व विकास मञ्च केन्द्रिय समितिले प्रजातन्त्र दिवसको अवसरमा राजधानीमा आयोजना गरेको “नेपाली कांग्रेस निति,नेतृत्व, संघर्ष र युवा पुस्ता बिषयेक एक कार्यक्रममा बोल्दै नेता बडुले लोकतन्त्र संकटमा परेको बताएका हुन् ।

नेता बडुले संसदले बनाएको प्रधानमन्त्री, राष्ट्रपति संसद प्रतिनै उत्तरदायी नहुँदा आज यो अवस्था आएको भन्दै जुन संसद र संबिधानले यो देशको प्रधानमन्त्री र राष्ट्रपति बनायो त्यसैलाई हत्या गर्ने प्रधानमन्त्री र राष्ट्रपतिलाई मातृहत्याको दोष लाग्ने उनको तर्क थियो ।

त्यस्तै नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य गुरुराज घिमिरेले कम्युनिस्टको केन्द्रमा सत्ता हुन्छ भने प्रजातन्त्रवादी हरुको केन्द्रमा जनता हुने बताए । नेता घिमिरेले हिटलरको उदाहरण दिँदै भने “केपी ओली हिटलर भन्दापनी खतरनाक तानाशाह हुन् ।” केपि ओलीले बालुवाटारलाई बंकर बनाएर १० महिना सुरुङ बाट शासन गरेको उनको आरोप थियो ।

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय(डिना)ले हस्तान्तरण र पुस्तान्तरण भौतिक रूपमा मात्रै होईन बिचार र सिद्धान्तमा पनि हुनुपर्ने बताइन् । उमेरले भन्दापनी बिचारले युवा हुन अनुरोध गर्दै उनले कम्युनिस्टको अधिनायकवादी चरित्रले प्राप्त उपलब्धि गुम्ने खतरा बढेकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी कांग्रेस कार्याकर्ताको काँधमा आएको बताइन् ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एवं पुर्व मन्त्री माननीय उमाकान्त चौधरीले नेपाली कांग्रेसको निति राम्रो भएपनी नेताहरूको नियत राम्रो नभएकोले कांग्रेसको यो अवस्था भएको बताए । कम्युनिस्टको सरकारले संसद विघटन मार्फत संविधानकै हत्या गरेकोले आन्दोलनको विकल्प नभएको उनको तर्क थियो ।

उक्त कार्यक्रममा बोल्ने नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूले पार्टीको ढुलमुले चरित्रले कांग्रेसको नर्सरी भनेर चिनिने नेबिसंघ अहिले निश्चित ब्यक्तिहरुको मुठ्ठीमा पुगेको भन्दै असन्तुष्टि जनाएका थिए ।

संस्थाका अध्यक्ष निलकण्ठ रिजालले निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाउनुहुने सबैलाई धन्यवाद दिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार