देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यो पटक डेरामा बसेर एसईई परीक्षा दिन नपर्ने

0

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उपकेन्द्र कायम गर्ने गरी तयारी गरिहरेको छ । परीक्षामा विद्यार्थी डेरामा बस्नु नपर्ने गरी केन्द्र तोक्ने र परीक्षा केन्द्र टाढा भएमा उपकेन्द्रको विषयमा छलफल चलिरहेको बोर्डले जनाएको छ ।

तोकिएको परीक्षा केन्द्रहरुमा विद्यार्थी टाढा-टाढाबाट आउनुपर्ने अवस्था देखिएमा उपकेन्द्र कायम गर्न सकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । ‘परीक्षा दिनको लागि विद्यार्थीलाई डेरामा बस्न नपर्ने गरी परीक्षा केन्द्रको व्यवस्था गर्ने र परीक्षा केन्द्र कायम भएकोमा पनि डेरा बस्नुपर्ने अवस्था आएमा उपकेन्द्र पनि कायम गर्न सक्ने गरी काम गरिरहका छौं ।’ उनले भने ।

आवश्यकताको आधारमा परीक्षा उपकेन्द्र तोक्ने अधिकार जिल्ला परीक्षा समन्वय समितिको मिलाउन सक्ने बोर्डले जनाएको छ । पहाडी तथा हिमाली जिल्लाका परीक्षा केन्द्रहरूमा परीक्षा दिन जाने परीक्षार्थीहरू डेरामा बसेर दिनु नपर्ने गरी काम गर्न बोर्डले सुझाव दिएको छ ।

यो वर्षको एसईई परीक्षाको लागि आवश्यक प्रश्नपत्र भने छपाइ गरेर नै पठाउने बोर्डले तयारी गरेको छ । एसईई दिने विद्यार्थीको संख्या बढी भएकोले अनलाइनमार्फत् प्रश्नपत्र पठाउँदा समस्या हुने देखिएकोले छपाइ गरेको प्रश्नपत्र नै पठाउने बोर्डले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार