देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यो साताको नेप्सेमा सात अर्बको कारोबार

0

(काठमाडौं) – धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर रु सात अर्ब ३९ करोड १७ लाख दुई हजार ५१० मूल्यमा खरिद बिक्री भए ।

बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागेपनि कारोबार रकममा भने वृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो । उकालोको यात्रामा रहेको नेप्सेले नयाा यात्रा तय गरेर नेप्से परिसूचक २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुग्यो ।

नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने रु दुई अर्ब माथि नाघ्यो । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिद बिक्री भए । सोमबार नेप्से परिसूचक वृद्धि भयो । त्यसदिन नेप्से २.४९ अंकले बढेर एक हजार ३४९.१३ मा पुग्यो ।

परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए । मङ्गलबार नेप्से परिसूचक १२.०९ बिन्दुले घटेर एक हजार ३३७.०४ मा झर्‍यो ।

नेप्से ओरालो लागेपनि कारोबार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५.३१ अंकले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । परिसूचक वृद्धि भए पनि कारोवार रकम एक अर्बमै सीमित भएको छ । कूल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिद बिक्री भयो ।

यस्तै, बिहीबार भने शेयर बजार पुन: ओरालो लाग्यो । नेप्से ८.६७ बिन्दुले घटेर एक हजार ३३३.६९ मा झर्‍यो । कूल १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता शेयर रु एक अर्ब चार करोड ९३ लाख ४५ हजार ४३६ मूल्यमा खरिद बिक्री भए । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार