देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘यो हिउँदमा जसरिपनी उपत्यकाबासीलाई मेलम्चिको पानि खुवाउँछौं’ – मन्त्री चौधरी

0

सिन्धुपाल्चोक  – गत असार १ मा आएको बाढीले क्षतिग्रस्त भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक नेपाल सरकारको मन्त्रीस्तरीय टोली स्थलगत अनुगमनमा पुगेको छ ।

सोमबार खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी, मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य र आयोजना प्रमुख बासु पौडेललगायतको टोलीले मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समै पुगेर आयोजनाको अवस्थाबारे जानकारी लिएको हो ।

मुहान क्षेत्रमा पुगेका खानेपानी तथा सरसफाइमन्त्री चौधरीले सरकारले यो आयोजनालाई प्राथमिकतामा राखेको बताउँदै यो हिउँदमा जसरिपनी उपत्यकाबासीलाई मेलम्चिको पानि खुवाउने बताए । तत्कालका लागो अस्थाई प्रकृयाबाट भएपनी पानी खुवाउने बिषयमा मन्त्रालय गम्भिर रहेकव उनकव भनाई थियो ।

सरकारले आयोजना पुनर्स्थापनामा लागि विशेष परिस्थितिअनुसार सार्वजनिक खरिद प्रक्रिया अपनाएर सोझै ठेक्का दिने गृहकार्य गरेको छ । तर, अहिलेसम्म समयमै निर्णय नहुँदा आयोजनाको पुनर्स्थापनाबारे अन्योल कायमै छ ।

आगामी वैशाखसम्म पानी ल्याउने योजनाअनुसार दशैंलगत्तै काम शुरू गर्ने भनिएपनि नयाँ ठेक्का लगाउन सरकार अलमलमा छ ।

मेलम्ची खानेपानी विकास समितिले आयोजनाको मुहानसम्म पहुँचमार्ग तत्काल नबनेपनि नदी किनारबाटै आवश्यक मेसिन लगेर काम शुरु गर्नुपर्ने बताएको छ । अस्थायी संरचना तयार गरेर काठमाडौंमा पानी ल्याउन अब कामम थाल्न धेरै ढिलाइ गर्न नहुने आयोजनाको भनाइ छ ।

सरकारले प्राथमिकताकासाथ काम गरेको खण्डमा आगामी बैशाख सम्ममा अस्थायी रुपमा काठमाडौं पानी पठाउन कुनै समस्या नरहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् । तत्कालका लागी अस्थायी रुपमा पानी लाने व्यस्थापन गरेतापनी दिर्घकालिन समाधानको लागी मुहान क्षेत्रको हेडवर्क्सनै त्यहाँबाट अन्यन्त्र सार्नुपर्ने उनको भनाई छ ।

No description available.

आयोजनाको मुहानस्थलसम्म जाने स्थायी पहुँचमार्ग बनाउन सडक विभागलाई जिम्मा दिने सरकारी तयारी छ । आयोजनासम्म जाने बाटोको चनौटेमा बेलिब्रिज जडानको काम सेनाले गरिरहेको छ ।

सुरुङको सुपरीवेक्षण गर्न बन्द गरिएकै दिनमा मेलम्ची नदीमा २०७८ असार १ गतेको बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाएको थियो ।

साउन १५ गते राति फेरि मेलम्चीान लेदोसहतिको ठूलो बाढी आएपछि झन् चुनौती थपिएको छ । करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले २०७७ चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो ।

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार