देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रतुवामाईमा थप आठ जनामा कोरोना संक्रमण !

0

(इटहरा) – मोरङमा रतुवामाई नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा रतुवामाई नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो ।

नगरपालिकाको सौठा माविको क्वारेन्टाइनमा बसिरहेका ३ जना र सरस्वती मावि इटहरा क्वारेन्टाइनमा बसिरहेका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । नगरपालिकाले ३५० जनालाई क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेको १० दिनपछि कोरोना जाँच गर्दा ८ संक्रमित भेटिएका हुन् ।

बुधबार ८ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । रतुवामाईमा बुधबारसम्म २२ जनामा संक्रमण देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार