देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रविप्रति प्रदीपको कटाक्ष – ‘नाङ्गै छ र पनि कपडा लगाएको ठान्छ…’

0

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं माननिय सांसद प्रदीप पौडेलले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले लामिछानेको नाम नलिई जसमाथि छानबिन गर्न संसदीय समिति गठन भएको हो सोही व्यक्ति पदमा बसिरहेको भन्दै प्रश्न गरेका हुन्।

संसदमा भएका कुनै पनि ठूला दलले सहकारीको मुद्दालाई नउठाउँदा कांग्रेसले नै उठाएको र समिति गठन गरेर निर्णायक चरणमा पुर्याएको  उनको भनाइ थियो। वर्तमान गठबन्धन समिति बनाउनुको साटो सत्तालाई दुरुपयोग गरेर प्रमाण लुकाउन लागेको आरोप लगाउँदै उनले भने, ‘नेपाली कांग्रेसले यो मुद्दा उठाएपछि बाध्य भएर अरु पार्टी जोडिएका हुन्।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे ।

उनले सहकारीका विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे ।

‘राजनीतिमा नैतिकता व्यक्तिमा निर्भर गर्ने कुरा हो । कोही नाङ्गै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन,’ पौडेलले भने, ‘संसदले छानबिन समिति गठन गर्यो, त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिक अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो। प्रतिगामी विषय हो।’ 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार