देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रवि लामिछानेविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दा दर्ता

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दा दायर भएको छ।

लामिछानेसहित १८ जना व्यक्ति/कम्पनीविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की प्रहरीमा जाहेरी दिएका हुन्।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार लामिछानेसहित व्यक्ति र कम्पनीहरूविरूद्ध निवेदन पर्दै आएका थिए। ‘निवेदन यसअघि पनि आएको थियो, आज पुरक जाहेरी परेको हो,’ उनले भने, ‘जाहेरी परेपछि अनुसन्धान गर्ने प्रक्रिया सुरू भएको छ।’

लामिछानेसहित व्यक्ति र संस्थाविरूद्ध के कति मात्रामा रकम ठगी गरेको भन्नेबारे एकिन गरेर प्रहरीले खुलाएको छैन।।

यसअघि सूर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए।

राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो।

सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो। उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार