देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राँगो दैनिक ब्याउँछ – लक्ष्मण तिमल्सिना

0

गाइजात्रा चलेकै छन् भैँसीजात्रा छिटै गरौँ।
भालु पुराण लाएर मेला सञ्जालले भरौँ ।।
धन लक्ष्मी जहाँ हुन्छिन् मन फेरि उतै पुग्यो ।
लक्ष्मीकै गीत गाएर मालामाल भए पुग्यो ।।

छोरा ज्ञाङ पठाकैछौँ भाउजुका थलातिर ।
मोरा जोगिन जान्दैनन् आँखा पुग्छ त्यतैतिर।।
छोरी ज्ञाङ सङ्गै हुन्छन् व्यस्त सेटिङमा यतै ।
चाँजोपाँजो मिलाऊन ब्यवस्थापन अर्थकै ।।

ब्यापारीका घना स्रोत तान्नुपर्छ एतैतिर ।
विपक्षिका तीखा आँखा मोड्नुपर्छ कतैतिर।।
कार्यकर्ता उतारेर छेक्नैपर्छ बिरोध त्यो ।
प्रहरी दण्डले आफैँ सेक्नैपर्छ निधार त्यो।।

सम्धी ज्वाइँहरु हाम्रा पोष्टमा राख्नुपर्दछ।
पर्दा कठीनको बेला सम्झेर डाक्नुपर्दछ ।।
पत्रकार भए घाँडो साट्ट सुट्ट छिरेकित ।
बन्देज गरनुपर्थ्यो युटुबे अनि टिक्टक।।

तर्सिनै पर्निभो हामी क्यामराको अघिल्तिर ।
जवर्जस्त बकाउँछन् खुस्किन्छ फेरि चुक्कुल ।।
बल्लतल्ल मिल्यो कुर्सी फेरि मिल्दैन त्यो पल ।
मौका चौका मिलाएर टिप्नैपर्छ मीठो फल ।।

केही मान्छे जुटेकाछन् माइतिघर मण्डला ।
विपक्षिहरुका बोक्रा ठुलै विद्रोहका जरा ।।
होला मुस्किल बिद्रोह गर्नैपर्दछ सामना ।
प्रहरी बलले छिट्टै पारेरै छिन्नभिन्नमा ।।

लोकतन्त्र फलेकै छन् बिमानस्थल बोर्डर ।
एन्जिओ कम्पनी अड्डा ठेक्कापट्टा छ दोबर।।
भर्ना नियुक्तिका जाल सञ्जाल छान्नुपर्दछ ।
खल्तिका मिडियामार्फत् विपक्षी हान्नुपर्दछ ।।

प्यारा दाता महाँदाता माफिया छान्नुपर्दछ ।
स्रोत उन्को सुयुक्तिले बिस्तारै तान्नुपर्दछ।।
गरि सेटिङ युक्तिले भर्नुपर्छ अदालत ।
बिरोधका सवै मुद्दा हान्नुपर्छ भटाभट ।।

माथी सेटिङमा हाम्रा पोष्टमा छन् सवैतिर ।
साझा शङ्कल्पका नेता कार्यकर्ता उतैतिर।
जहाँ उद्योग खोल्दैछौँ लक्ष्मीकै पाउ धाउँछ।
थारा गाइ भए के भोरुराँगो दैनिक ब्याउँछ।।

इन्द्रावती-५, सिन्धुपाल्चोक

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार