देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक

0

काठमाडौं – नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक भएको छ। 

नेपाल मोबिलिटी सोलुसन्सले काठमाडौंमा एक कार्यक्रम गरी जुमजुमु सार्वजनिक गर्दै  यात्रुहरूको सहजताका लागि यो एप बनाइएको बताएको छ। 

कम्पनीका अनुसार प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत् यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्नेछन्।

एकैसाथ धेरै सवारीसाधन बुक गर्न सक्ने सुविधा रहेको जुमजुममा इ सेवा डिजिटल वालेटमार्फत् सजिलै भुक्तानी गर्न सकिन्छ।

जुमजुम प्रयोगकर्ताले एपमा पहुँच नभएकाहरूका लागि पनि सवारी बुक गर्न सक्नेछन्। यो एपको प्रयोग गर्ने चालकले सुरुको २ साता कमिसन तिर्ननपर्ने कम्पनीले जनाएको छ।

यात्रुका लागि बचत र चालकका लागि आकर्षक बोनसको सुविधा रहेको जुमजुममा यात्रु र चालक दुवैको ५ लाखसम्मको बीमा हुने छ।

जुमजुम एप श्रीलंकाको पिक मी सफवेयर कम्पनीले विकास गरेको हो। यो एपलाई नेपाल ल्याउन नेपालको एफवान सफ्ट ग्रुपले सर्मथन गरेको हो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार