देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजकीय सम्मानका साथ प्रदिप गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि

0

काठमाडौं –  नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदिप गिरीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्तयेष्टिको समयमा गिरीलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको हो। स्वर्गीय गिरीलाई उनका छोराले दागबत्ती दिएका थिए।

पशुपति आर्यघाटमा अन्तिम बिदाई गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरु पुगेका थिए। आर्यघाटमा नेता/कार्यकर्ता एवम गिरीका शुभचिन्तकको ठूलो संख्यामा उपस्थिति थियो।

प्रधानमन्त्री देउवाले गिरीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे। गिरीको शनिबार राति ९ बजेर ३० मिनेटमा ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको हो ।

आर्यघाट ल्याउनु अगाडि कांग्रेस पार्टी कार्यालय सानेपा र मेडिसिटी अस्पतालमा श्रद्धाञ्जली अर्पण गर्न गिरीको शव राखिएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार