देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजतन्त्रको फोहोर सफा गर्ने कि फोहोरको डंगुरमा फर्कने ?- बाबुराम

0

काठमाडौं – पूर्वप्रधानमन्त्री जसपा नेता डा. बाबुराम भट्टराईले २४० वर्षको राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भनेर त्यही डंगुरमा फर्किनु नहुने बताएका छन् ।

राजतन्त्रको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको देशव्यापी आन्दोलनतर्फ लक्षित गर्दै बाबुरामले यस्तो प्रश्न गरेका हुन् । बाबुरामले राजावादी धमिलो पानीमा माछा मार्न हौसिएको आरोपसमेत लगाएका छन् ।

‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न : २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, वेरोजगारी, भ्रष्टाचार, जातीय-क्षेत्रीय र लैंगिक विभेद, पराधीनताको फोहर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने’, बाबुरामले ट्वीटरमा लेखेका छन् ।

ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?

— Baburam Bhattarai (@brb1954) December 5, 2020

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार