देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजनीतिमा विस्तारै छट्टुहरु हावी हुन थाले – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र गति र मति भएको मानिस चाहिएको बताएका छन्।

मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको टिप्पणी गरेका हुन्।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने ‘नेपाली राजनीतिमा विस्तारै छट्टुहरु हावी हुन थाले, छट्टुहरु कस्तो हुन्छ भने आउँछ लटरपटर पार्छ, झुक्याउँछ, रंगरोगन गर्छ जान्छ। हामीलाई छट्टुहरु चाहिएको होइन, हामीलाई गति र मति दुवै भएको मान्छे चाहिएको हो। गति छ मति छैन, मति छ गति छैन।’

थापाले अगाडी भने,‘हाम्रो घरभित्र फोहोर छ, हामीले हाम्रो घरभित्र फोहोर सफा गर्नैपर्छ। फोहोर कार्पेटभित्र राखेर हुँदैन। पवित्र बनाउनै पर्छ, ठिक ढंगले लय पक्रनै पर्छ।’

प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्छु भनेर मात्र नहुने भन्दै थापाले कहिलेकाहि शक्ति संघर्ष हुने बताए। थापाले नवीन्द्रराज जोशी लामो रेसको खेलाडी रहेको भन्दै स्मरण गरे।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार