देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजमार्गमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइने

0
<p>वीपी राजमार्ग</p>

वीपी राजमार्ग

सिन्धुली – राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै भौतिक संरचना जिल्ला प्रशासन कार्यालय सिन्धुलीले हटाउने भएको छ ।

वीपी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्ग अतिक्रमण गरी निर्माण गरिएको भौतिक संरचना हटाइने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

राजमार्ग छेउछाउमा अतिक्रमण गरी जथाभावि खडा गरिएका संरचनाका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल हटाउन लागिएको प्रजिअ पाण्डेले बताए । अनधिकृत रुपमा बनाइएको संरचना हटाउन सम्बन्धित निकायलाई ताकेता गरी सूचना जारी गर्ने उनले बताए ।

वीपी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्ग अतिक्रमण गरी निर्माण गरिएको भौतिक संरचनाका कारण दुर्घटना बढ्नुका साथै सडकको क्षत्रफल समेत खुम्चिदै गएको छ ।

वीपी राजमार्गको महोत्तरीको वर्दिवासदेखि सिन्धुली हुँदै काभ्रेको धुलीखेलसम्मको १६० किलोमिटर सडक सबै भन्दा बढी अतिक्रमणको चपेटामा परेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार